बाबु छोरीको कार दुर्घटनामा मृत्यु पछि फरार मल्ल पक्राउ, पोखरामा सार्वजनिक गरिँदै
काठमाडाैं | बैशाख २१, २०७९
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार भएको दुर्घटनापछि फरार रहेका कार चालक एन्जिल बम मल्ललाई काठमाण्डौंमा पक्राउ गरी पोखरा ल्याइएको छ ।
हाल मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । प्रहरीका अनुसार मल्लले चलाएको ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको हो ।
घटनापछि फरार मल्लको खोजीमा जुटेको प्रहरीले उनको फोटो सार्वजनिक गर्दै सहयोगको अपीलसमेत गरेको थियो ।
प्रहरी सुत्रले दिएको जानकारी अनुसार आजै मल्ललाई पत्रकारसमक्ष सार्वजनिक गर्ने सम्भावना छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

